चितवन विशेष

भरतपुरमा खुल्यो चितवनकै ठूलो पेन्टस उद्योग,दशैंपछि उत्पादन सुरु

Banner

चितवन,असोज ३०-

चितवनमा पछिल्लो समय पेन्टस उद्योग खोल्नेक्रम बढेको छ । दर्जनको हाराहारीमा पेन्टस उद्योग सञ्चालनमा रहिरहेका वेला चितवनकै ठूलो दाबी गरिएको युरो पेन्टस उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका १६ मा जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिज प्रालि मार्फत पेन्टस उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रवन्ध निर्देशक केल्विन शर्माले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजार सरहको लगानी र क्वालिटीमा प्रतिबद्धताको साथमा उत्पादन सुरु गरिएको बताए ।

‘उद्योगले एक अर्वमाथिको कारोवार धान्न सक्छ,उनले भने’,रंगरोघनको जगतमा ‘सुन्दरता र विश्वासको प्रतिक’को प्रतिवद्धताका साथमा उत्पादन बजारमा ल्याएका हौं ।’ उनले सुपथ मूल्यमा उच्च स्तरिय क्वालिटी दिँदै बजार विस्तारमा लागेको जानकारी दिए ।

उद्योगले बजारमा आफ्नो काउण्टर तथा डिलरहरु मार्फत उच्च गुणस्तरको पेन्टस सुलभ मूल्यमा उपलब्ध गराएको जनाएको छ । उद्योगमा हालसम्म करिब २० करोडको लगानी भइसकेको छ ।

पेन्ट्स उद्योग मार्फत लगानी सुरु गरेको जगन्नाथ ग्रुपले आगामी दिनमा धारा फिटिङस,वेल्डीङ रड, काँडेतार तथा अन्य बस्तुहरु उत्पादन गर्ने उद्योगहरु सञ्चालनको तयारी रहेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>