चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पका प्रतियोगीको प्रशिक्षण सुरु

Banner

चितवन, असोज २८–

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ अन्तरगत दोस्रो चरणमा छनौट पुगेका प्रतियोगीहरुको प्रशिक्षण कार्यक्रम आज (मंगलबार)देखि भरतपुरमा सुरु भएको छ ।

एक महिना लामो विभिन्न क्षेत्रमा भएका अडिसनबाट छनौट भएका प्रतियोगीहरुमा निखारता ल्याउन चार दिने अडिसन सुरु भएको हो । चार दिने प्रशिक्षण कार्यक्रमको भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले समुद्घाटन गरिन् । सो क्रममा बोल्दै उप्रप्रमुख ठकुरीले विद्यार्थीहरुका लागि बोल्ने कलाको विकास गर्नु अहिले महत्वपूर्ण रहेको बताइन् । उनले यस्तो प्रशिक्षणले युवाहरुलाई थप प्रोत्साहन गर्ने बताइन् । उपप्रमुख ठकुरीले शिक्षा विना सबै कुरा असम्भव रहेको भन्दै यस्ता कार्यक्रमहरु गर्नु जरुरी रहेको बताइन् ।

कार्यक्रममा हिसान चितवनका अध्यक्ष एवंम न्यू क्यापिटल कलेज रत्ननगरका प्रिन्सिपल भुपेन्द्र धिताल, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्धक यज्ञविलास पौडेल, चर्चित रेडियो कार्यक्रम प्रस्तोता मनोज घिमिरेलगायतले मन्तव्य व्यक्त गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले प्रतियोगिको मनोबल बढाउनुको साथै निखारता ल्याउने बताए । उनले प्रतियोगितामा प्रतिस्पर्धा मात्र नगराई उनीहरुलाई प्रशिक्षण पनि दिनु निकै सह्रानिय रहेको बताए ।

कार्यक्रममा बोल्दै आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले चार दिनको प्रशिक्षणले प्रतिस्पर्धीहरुलाई थप टेवा पुग्ने बताए ।

मंगलबार पहिलो दिन उत्प्रेरक व्यक्तित्व प्रोफेसर डा.होमबहादुर बस्नेतले प्रशिक्षण दिएका छन् । यस्तै बुधबार मिस नेपाल २००५ सुगारिका केसी, चर्चित कार्यक्रम प्रस्तोता मनोज घिमिरेले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा ४९ वटा स्कुल÷कलेजबाट १०६ जना विद्यार्थी सहभागि भएका थिए । प्रतियोगिहरुलाई मिस नेपाल २००५ सुगारिका केसी, मिडिया पर्सनालिटी राधाकृष्ण (आरके) धिताल, उत्प्रेरक व्यक्तित्व प्रोफेसर डा.होमबहादुर बस्नेतलगायतले प्रशिक्षण दिने आचार्यले बताए । होटेल स्टार व्याङक्वेट भरतपुरमा सुरु भएको प्रशिक्षण कार्यक्रम कार्तिक १ गतेसम्म चल्नेछ । सो कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुलाई पब्लिक स्पिकिङ, मोटिभेसन र पर्सनालिटी डेभलपमेन्टको बारेमा प्रशिक्षण दिइने प्रवन्धक आचार्यले बताए ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिता मंसिर १३ गते सकिदैछ । प्रतियोगिताका लागि ग्रीनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिन, पूर्वी चितवनको पर्सास्थित रेडक्रस भवन, कावासोतीको सिद्धार्थ इङ्लिस स्कुल, न्यू क्यापिटल कलेज टाँडी रत्ननगर, भरतपुरको दिव्यनगर र गैंडाकोटको जनक उच्च मावि, नारायणगढको नारायणी कलामन्दिरमा अडिसन भएको थियो ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

यस प्रतियोगिताको आधिकारिक अनलाइन पार्टनमा नारायणी अनलाइन डटकम रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>