राजनीति
महरालाई नेकपाले कारबाही गरेन,सांसद् पद यथावत्

काठमाडौं,असोज २८-
पार्टीले कारबाही नगर्दा यौन दुव्र्यवहारको आरोप खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद यथावत् रहेको खबर पनि आज कान्तिपुरले छापेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि माननीय हैसियतमै छन् । मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद् पद निलम्बित हुँदैन ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद् पदबाट राजीनामा दिन भनेको थियो । पार्टी सचिवालय बैठकले सोहीअनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो । बैठकपछि पार्टी नेताहरुले महरा अब सांसद् नरहेको प्रतिक्रिया दिएका थिए । तर, सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छैनन् । रिक्त सभामुख पद हत्याउन नेकपामा दौडधुप बढेको खबर पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ ।