राजनीति
रविन्द्र मिश्र भन्छन्ः ‘सीको भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख फिर्ता आयो’
०

काठमाडौं,असोज २७-
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख माथि उठेको टिप्पणी गरेका छन् । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएको भोलिपल्ट मिश्रले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख फिर्ता आएको बताएका हुन् ।
मिश्रले ट्विटरमा ट्विट गरेका छन्– “चिनियाँ राष्ट्रपति सीको भ्रमण र भएका समझदारी र सम्झौताहरूले धेरै लामो समयदेखि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको छ । सीद्वारा प्रयुक्त ‘भूजडित’ शब्द नेपाली कूटनीतिमा फाट्टफुट्ट प्रयोग हुने गरेको थियो । अब यो नेपालको भूराजनीतिको अकाट्य अवधारणा बन्नेछ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























