प्रवास

अष्ट्रेलियाको एडिलेडमा ‘देउँसी भैलो, दशै तिहार फेष्टिभल’ हुने

Banner

अष्ट्रेलिया, असोज २७–

अष्ट्रेलियामा एडिलेड नेपालको आयोजनामा ‘देउँसी भैलो, दशै तिहार फेष्टिभल’ हुने भएको छ ।
आउँदो अक्टोबर २० तारिख (आइतबार)का दिन कसग्रुभ हल, योर्क एभिन्यू, क्लोभल्ली पार्क, ५०४२ मा कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपाली रीतिरिवाज र परम्परालाई कायम राख्दै नयाँ पुस्ताहरु बीचमा पनि उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा प्रतियोगितात्मक रुपमा देउसी भैलो तथा रंगोली आर्ट समावेश गरिएको छ । प्रतियोगितात्मक कार्यक्रममा एडिलेडमा रहेका सम्पूर्ण व्यक्तिहरु आआफ्नो समूह बनाई व्यक्तिगत तथा संस्थागत रुपमा सहभागिता जनाउन पाईने आयोजकले जनाएको छ ।

कार्यक्रममा देउसी भैलो र रंगोली प्रतियोगिताका अतिरिक्त विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतीहरु पनि रहनेछन् । कार्यक्रम दिनको २ बजेबाट सुरु भएर साझ ८ः०० बजेसम्म चल्नेछ । रंगोली प्रतियोगिता २ बजेदेखि ३ बजेसम्म र देउसी भैलो प्रतियोगिता ३ बजेदेखि ८ बजेसम्म हुने एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले जानकारी दिए ।

एडिलेड नेपाल सन् २०१६ मा स्थापना भएर साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदाय माझ विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>