राजनीति

रौतहट बम काण्डमा संलग्नको आरोपमा कांग्रेस सांसद आलम पक्राउ

Banner

काठमाडौं,असोज २६-

२०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् । उनी पूर्व श्रममन्त्री समेत हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

प्रहरीका अनुसार ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका आठ जनालाई इँटा भट्टीमा जलाएर मारेको आरोप आलममाथि छ । मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए । आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>