पत्रपत्रीका बिशेष
चिनियाँ राष्ट्रपतिको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती
०
काठमाडौं,असोज २६-
नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।
शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो । राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो ।
हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ । राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी चार तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाईएको हो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>