चितवन विशेष
काँग्रेस चितवनको चियापान भोलि
०

चितवन, असोज २५–
नेपाली काँग्रेस चितवनको आयोजनामा भोलि (आइतबार) वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम हुँदैछ ।
काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्षका लागि आइतबार गर्न लागेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाको उपस्थितिमा नारायणी कला मन्दिरमा हुन लागेको चिया कार्यक्रममा जिल्लावासीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । चाड पर्वमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले नेपालीहरुमा आत्मियता साटासाट तथा सद्भाव कायम गर्न मद्धत पुग्ने श्रेष्ठले जानकारी दिए ।
विहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>