चितवन विशेष

चितवनमा सनराईज बैंकले मनायो १२औं वार्षिकोत्सव, भरतपुरमा निकालियो प्रभातफेरी

Banner

चितवन, असोज २५–

सनराईज बैंक लिमिटेड नारायणगढ, भरतपुर र कावासोती शाखाले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा आज (शनिबार) प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको हाकिमचोकमा रहेको भरतपुर शाखाबाट सुरु भएको प्रभातफेरी समृद्ध नेपालको सहयात्रामा सनराईज बैंक “हामी संग–संगै” भन्ने नाराका साथ सम्पन्न गरेको हो ।

प्रभातफेरी कार्यक्रम भरतपुरको हाकिमचोक, विद्युत् रोड, अस्पताल रोड, चौबिसकोठी, नारायणगढको लायन्सचोक, पुलचोक हुँदै नारायणगढ शाखामा पुगेर सम्पन्न भएको थियो । यी तीन जिल्लामा यस बैंकका ४० हजार सेवाग्राही रहेका छन् ।

देशव्यापी वार्षिकोत्सव मनाईरहेको यस बैंकको चितवनमा कृषि र विपन्न वर्ग कर्जालाई प्रथामिकता दिदै आएको भरतपुर शाखाका प्रमुख अर्जुन अर्यालले जानकारी दिनुभयो । अर्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी कृषि र विपन्न वर्ग सहित अन्यक्षेत्रमा पाँच अर्ब भन्दा बढी लगानी गरिरहेको छ ।

नेपाल सरकारवाट “क” वर्गको ईजाजत प्राप्त यस बैंकले आफ्ना सेवाहरुलाई अझै विस्तार गर्दै लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रभातफेरीमा समृद्ध नेपाल निर्माणका लागि सहयोग भन्ने व्यानर र प्लेकार्डको प्रयोग गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>