समाज
बारामा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित ५ जनाको मृत्यु
०

बारा,असोज १५-
बारामा बुधबार साँझ अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ । अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाराको फेटा गाउँपालिका ४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाएको छ ।
करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुग्नु भएका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>