कर्पोरेट

चितवनमा सिन्धु विकास बैँकको थप दुई शाखा विस्तार

Banner

चितवन, असोज १५-

सिन्धु विकास बैंक लिमिटेडलेले चितवनमा थप दुई शाखा विस्तार गरेको छ ।

बैँकले बुधबार भरतपुर र कालिका नगरपालिकामा शाखा विस्तार गरेको हो । बैँकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भरतपुरको कमलनगर र कालिकाको लाहुरे चोकमा शाखा विस्तार गरिएको जानकारी दिए । बडा दसैँको अवसर पारेर सेवाग्राहीलाई बैंकिङ कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको श्रेष्ठले बताए । जिल्लामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीको वातावरण रहेकाले बैँकले सोही अनुसारका नीति अवलम्ब गर्दै अगाडि बढ्ने श्रेष्ठको भनाइ छ ।

सिन्धु विकास बैँकलाई प्रदेश–३ स्तरीय सबल सक्षम बैंकका रुपमा विकास गर्न लागिपरेको श्रेष्ठले बताए । उनका अनुसार बैंकले हालसम्म दुई अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैँकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको छ । बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाटलगायतका क्षेत्रमा शाखा कार्यालयहरु छन् । २०६७ साल भदौ २२ गते स्थापना भएको बैंक विगतमा ग्रामीण क्षेत्रमा केन्द्रित थियो । पाँच जिल्लामा २१ वटा शाखा सञ्चालन गरेको सिन्धु विकास बैंकले चितवनमा शाखा विस्तार कार्यलाई अगाडि सारेको हो । श्रेष्ठले छिट्टै चितवनका थप ३ स्थानमा शाखा विस्तार गरिने बताए । उनका अनुसार चनौली, माडी र मुग्लिङमा शाखा विस्तार गर्ने योजना छ । यस अगाडि चितवनको भरतपुर महानगरपालिकाको विकास चोक, रत्ननगर नगरपालिकाको टाँडी र खैरहनी नगरपालिकाको पर्सा बजारमा शाखा विस्तार गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>