क्रिकेट
त्रिकोणात्मक सिरिजः जिम्बावेसंग नेपाल ४० रनले पराजित
०

काठमाडौं, असोज १४–
सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तरगत नेपाल टेष्ट राष्ट्र जिम्बावेसंग दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा जिम्बावेसंग नेपाल ४० रनले पराजित भएको हो ।
जिम्बावेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटको क्षतिमा १२० रन मात्रै जोड्न सक्यो । यसअघि जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । उसका लागि कप्तान विलियम्सले ५३ रनको अर्धशतकीय पारी खेले ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामीले २/२, कप्तान पारस खड्का र अभिनास बोहराले एक÷एक विकेट लिए । प्रतियोगिता अन्तरगत पहिलो नेपाल टेष्ट राष्ट्र जिम्बावेसंग ५ विकेटले पराजित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























