क्रिकेट
त्रिकोणात्मक सिरिजः जिम्बावेद्धारा नेपालसामु १६१ रनको लक्ष्य पेश
०

काठमाडौं, असोज १४–
सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तरगत जिम्बावेले नेपालसामु १६१ रनको लक्ष्य पेश गरेको छ ।
जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । उसका लागि कप्तान विलियम्सले ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामीले २/२, कप्तान पारस खड्का र अभिनास बोहराले एक/एक विकेट लिए ।
प्रतियोगिता अन्तरगत पहिलो नेपाल टेष्ट राष्ट्र जिम्बावेसंग ५ विकेटले पराजित भएको थियो । नेपालले आज जित हासिल गर्न सके ऐतिहासिक सफलता हात पार्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>