चितवन विशेष

भरतपुरकी मेयर दाहाललाई अपमान गरिएको भन्दै नेकपा चितवनको आपत्ति (विज्ञप्तिसहित)

Banner

चितवन, असोज १३-

नेपाल कम्युनिस्ट पार्टी चितवनले सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको अपमान हुने गरी विभिन्न सामग्री प्रसारण गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार‘ईन्द्रजित’ र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाहालको तस्बिर बिगारी प्रसारण गर्ने, अशिष्ट र अभद्र शब्दहरु राखी स्ट्याटसहरु लेख्ने, जीउज्यानको धम्की दिने जस्ता कार्य श्रृंखलाबद्धरुपमा भइरहेको भन्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यस्ता घृणित कार्यले हाम्रा नेता तथा कार्यकर्ताको मनोबल गिराएर जनताको बीचमा भ्रमको खेती गर्ने जस्ता काम कुनै संगठित समूह वा व्यक्तिले गरिरहेको आरोप लगाइएको छ । पार्टीलाई यस्ता क्रियाकलाप सैह्य नहुने भन्दै विज्ञप्तिमा जुनसुकै छद्मभेषी नाममा त्यस्ता सामग्रीहरु प्रसारण गरे पनि यथार्थ जनताको सामु उजागर नै हुने दाबी गरिएको छ । विज्ञप्तिमा पार्टीले यसप्रकारको अमानविय, अराजक, अपराधजन्य कार्यगर्ने अराजकहरुको खोजी गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

press not-1

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>