राजनीति

गगन थापा भन्छन्ः ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने कायर हुन

Banner

चितवन,असोज १२-

गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रममण भएकोप्रति काँग्रेस नेता गगन थापाले विरोध गरेका छन् । उनले आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उनीहरुका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>