क्रिकेट

सिंगापुरविरुद्ध नेपाल ९ विकेटले विजयी, पारस खड्काको ऐतिहासिक शतक

Banner

काठमाडौं, असोज ११–

त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तर्गत नेपालले घरेलु टोली सिंगापुरविरुद्ध ९ विकेटको शानदार जित हासिल गरेको छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्काको ऐतिहासिक शतकको मद्धतमा एक विकेट गुमाउँदै १६औं ओभरमा नेपालले जित हासिल ग¥यो । ओपनिङमा आएका कप्तान खड्काले ५२ मा १०६ रन जोड्दै अविजित रहे । उनले ९ छक्का र ७ चौका प्रहार गरे । यस्तै आरिफ शेखले ३९ रनको अविजित पारी खेले । नेपालका ओपनर इशान पाण्डे ५ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १५१ रन जोड्यो । उसका लागि टिम डेभिड ६४ रनको अविजित अर्धशतकिय पारी खेले । यस्तै जनक प्रकाश २५ रनमा अविजित रहे । यस्तै चन्द्रमोहन ३५, मनप्रित सिंह १५ र ६ रनमा आउट भए । नेपालका लागि करन केसीले २ र सुसन भारीले एक विकेट लिए । आज सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिए पनि विकेट लिन सकेनन् ।

यस्तै सोमपाल कामी आज पनि महंगो सावित भए । उनले ४ ओभरमा ४४ रन दिँदै कुनै विकेट लिन सकेनन् । नेपाल पहिलो खेलमा जिम्बावेसंग ५ विकेटले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>