चितवन विशेष

रेवान सौराहाको अध्यक्षमा दीपेन्द्र खतिवडा चयन

Banner

चितवन, असोज १०–

रेष्टुरेन्ट एण्ड बार एशोसियन (रेवान) चितवन सौराहाको अध्यक्षमा दीपेन्द्र प्रसाद खतिवडा सर्वसम्मत चयन भएका छन् ।

यस्तै रेवानको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितीय उपाध्यक्षमा अर्जुन चौधरी, तृतीय उपाध्यक्षमा कपिल रेग्मी, महासचिवमा कृष्ण भट्ट, सचिवमा शम्भुप्रसाद माली, कोषाध्यक्षमा गोपीकृष्ण बिडारी र सह–कोषाध्यक्षमा सूर्यबहादुर रिमाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा इन्द्रराज चौधरी, राजेश कुमार तामाङ, देवकला भट्टराई, इश्वर रिजाल, वीरबहादुर तामाङ, पुरुषोत्तम लामिछाने, कुमार जोशी र अम्बिका भट्ट चयन भएका छन् ।

यस्तै लेखासमितिको संयोजकमा दुर्गाप्रसाद घिमिरे चयन भएका छन् । रेवानको वार्षिक साधारण तथा अधिवेशनको समुद्घाटन सत्र केहीदिन अघि नै उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन । अन्ततः रेवानले आज (शुक्रबार) सर्वसम्मतीमा नयाँ नेतृत्व पाएको छ ।

रेवान सौराहाले प्रेम दिवसको अवसरमा सौराहा फुडफेस्टिवललगायतका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । रेवानले हालसालै आफ्नै भवन समेत निर्माण गरेको निवर्तमान अध्यक्ष गोकर्ण गिरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>