चितवन विशेष

भरतपुरमा मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम ‘टेकम्याक्स ट्रेड‘ संचालनमा आउँदै

Banner

चितवन, असोज १०-

चितवनको भरतपुरमा पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम संचालनमा आउने भएको छ । चितवनका युवाहरुले संयुक्त रुपमा ‘टेकम्याक्स ट्रेड प्रा.लि’ संचालनमा ल्याउन लागेका हुन् । भरतपुरको क्याम्पस गेट अगाडि यही असोज १३ गते सोमबारबाट टेकम्याक्स सन्चालनमा आउने संचालक सन्तोष पण्डितले जानकारी दिए ।

टेकम्याक्सको मिस नेपाल २०१८ श्रृङखला खतिवडाले एक कार्यक्रमका बिच उद्घाट नर्गे कार्यक्रम तय भएको पण्डितले जानकारी दिए । उक्त सोमरुमको सोमबार बिहान ११ः३० बजे उद्घाटन गरिनेछ । टेक्म्याक्सको फ्रान्चाइजको रुपमा सन्चालन हुने स्वरुममा मोबाइलको ब्राण्डेड एसोसरिजहरु पाइने संचालक पण्डितले बताए । विश्वको ६० देशमा पाइने ब्राण्डेड एसोसरिजहरु उक्त स्वरुममा उपलब्ध हुने उनको भनाई छ । चितवनमै पहिलो पटक यस किसिमको स्वरुप सन्चालन हुन लागेको संचालकको दावी छ ।

उक्त स्वरुममा मोबाइलको ब्राण्डेड पावर बैंक, हेडफोन, ईएर फोन, स्पिकर लगायतमा एसोसरिजहरु पाइने अर्का संचालक गणेश भुषालले जानकारी दिए । स्वरुममा ४ वटा विश्व विख्यात ब्राण्डका एसोसरिजहरु पाइने भुषालले बताए । डब्लु के, होको, योरुम र लेन्यस ब्राण्डका मोबाइल एसोसरिजहरु त्यहाँ उपलब्ध हुनेछ । सबै सामनहरुमा ६ महिनाको वारेन्टी समेत हुने उनले बताए । उक्त ब्राण्डका एसोसरिजहरु चितवनमा टेक्सम्याक्सले मात्र बिक्री गर्न पाउने भुषालले जानकारी दिए । ब्राण्डेड समानका पारखीहरुलाई मध्यानजर गर्दै टेकम्याक्स सन्चालन गर्न लागेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>