चितवन विशेष

कक्षा ११ मा प्रेरणा स्कूल भरतपुरका दिवस नेपाल प्रथम

Banner

चितवन,असोज ९-

कक्षा ११ को परिक्षामा प्रेरणा स्कूल भरतपुरका दिवस ढुङगाना नेपाल प्रथम भएका छन् । राष्ट्रिय परिक्षा बोर्डको कक्षा ११ को बार्षिक परिक्षामा ३.९३ जिपिए ल्याएर ढुङगाना नेपाल प्रथम भएको स्कूलका प्राचार्य मोहन लामाले जानकारी दिए । बिज्ञान संकाय तर्फ उनले अंग्रेजी बाहेकका सबै बिषयमा ए प्लस ल्याएका छन् । दिवसले प्रेरणा स्कूलबाटै एसइईको परिक्षा दिएका थिए । कक्षा ११ को परिक्षामा अन्य बिद्यार्थीले पनि उत्कृष्ट अंक ल्याएको प्राचार्य लामाले बताए ।

भरतपुर १२ मा रहेको प्रेरणा स्कूलले विगत ३० बर्षदेखि उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरहेको छ । प्रेरणाबाट कक्षा ११ को परिक्षामा १ सय ७४ जना विद्यार्थी सहभागि भएका थिए । प्रेरणाको उत्कष्ट व्यवस्थापन, कुशल शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथका कारण संधै उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको लामाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>