चितवन विशेष

चितवनका शरद र कास्कीकी रजनी साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनित

Banner

चितवन, असोज ७–

रवीन्द्र मिश्रले नेतृत्वमा गरिरहेको साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले केन्द्रीय सदस्यमा दुईजना नयाँ सदस्य थप गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले चितवनका शरदराज पाठक र कास्कीकी रजनी केसीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।

४० वर्षीय पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन्। उनी ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार समेत हुन्। उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकका संस्थापक सम्पादक भएर काम गरेका थिए।

त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमूख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए। साझा पार्टीमा पूर्णरुपमा संलग्न हुन हालै उनले बिभिन्न पेशागत जिम्मेवारीबाट राजिनामा दिएका छन्। पाठक कुशल वक्ता समेत हुन् । उनी प्रतिनिधि सभा निर्वाचनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगै पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेदवार थिए।

यस्तै लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील रजनी केसी कास्कीकी एकजना परिचित सामाजिक अभियानकर्ता पनि हुन्। कुशल वक्ताका रूपमा पनि ख्याति कमाएकी ४४ वर्षीय केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महशूस गरेर साझा पार्टी निर्माणमा पूर्णरूपले संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी हुन् । उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छिन्।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले साझा पार्टीप्रति देशैभरी विविध पृष्ठभूमीका नेपालीहरूले गरिरहेको अपेक्षा र जनाइरहेको आवद्धताका कारण एकै पुस्तामा देशको रूपान्तरण संभव छ भन्ने हाम्रो आत्मविश्वास अझ दृढ बन्दै गएको बताए । उनले केन्द्रीय समितिमा दुई जनाको उपस्थितिले पार्टीलाई थप मजबुत बनाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>