खेलकुद

अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको फाइनल भोलि

Banner

चितवन, असोज ६–

चितवनमा जारी ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ फाइनल भोलि (मंगलबार) हुँदैछ ।
विहान सेमीफाइनल खेल हुनेछ भने अपरान्ह फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सोमबार चार खेल सम्पन्न भएसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । सोमबार भएको पहिलो खेलमा झापा भेटेरानले रुपन्देही भेटेरान बुटवललाई २–० ले पाखा लगायो । फाइनल प्रवेशका लागि झापाले आयोजक चितवन भेटेरान (रातो)संग प्रतिष्र्धा गर्नेछ ।

सोमबारको दोस्रो खेलमा चितवन (रातो)ले देहरादुन एफसी भारतलाई ५–१ को भारी अन्तरले पराजित ग¥यो । चितवनको जितमा रविन्द्र श्रेष्ठले ह्याट्रिक गरे । उनले खेलको ७औं, १०औं र ३५ औं मिनेटमा गोल गरे । यस्तै चक्र पुनले २७औं र ३७औं मिनेटमा गरी २ गोल गरे ।

सोमबारको तेस्रो खेलमा रोयल भेटेरान दार्जिलिङले चितवन भेटेरान (नीलो)लाई ५–१ ले पराजित ग¥यो । दार्जिलिङको जितमा पाल्देन भुटिया (पिटर) ले खेलको १४, १५ र ३६ औं मिनेटमा गोल गरे । यस्तै बी बन्तवाले २५ तथा प्रनव घोसले ४७औं मिनेटमा गोल गरे । चितवन (नीलो)को लागि मदन दराईले एक मात्र गोल गरे । फाइनल प्रवेशका लागि दार्जिलिङले टि भेटेरन ललितपुरको सामना गर्नेछ ।

यस्तै सोमबार भएको अन्तिम खेलमा टि बर्गर ललितपुरले नाइट किङ काठमाडौंमा १–० ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ । टि बर्गरको जितमा राजेश लेप्चाले खेलको ३३ औं मिनेटमा निर्णायक गोल गरे ।
प्रतियोगिता अन्तर्गत भोलि (मंगलबार) विहान ७ः३० बजे रोयल भेटेरान दार्जिलिङ र टि बर्गर ललितपुर तथा ८ः३० बजे झापा भेटेरान र चितवन भेटेरान (रातो) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल आज (मंगलबार) दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>