कृषि

कृषि उत्पादन र बजार व्यवस्थापनमा मन्त्रालयको ध्यान केन्द्रित छः मन्त्री लामा

Banner

ललितपुर,असोज ६-

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले देश विकास कृषिबाट नै सम्भव भएकोमा जोड दिएका छन् । कृषि ज्ञानकेन्द्र ललितपुरले गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अब युवाहरु विदेश जानुभन्दा देशमा नै व्यवसायीक कृषि खेतिमा लाग्नुपर्ने बताए । कृषि ज्ञान केन्द्र ललितपुरद्वारा आयोजित वार्षिक कार्यक्रम सार्वजनिकिकरण तथा पृष्ठपोषण संकलनमा बोल्दै मन्त्री लामाले अब युवाशक्ति कामकै लागि विदेसिनु नपर्ने बताए ।

मन्त्री लामाले प्रदेश नं ३ सरकार कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै प्रदेशलाई कृषिका माध्यमबाट समृद्ध बनाउने केही महत्वपूर्ण योजना बनाएर अगाडी बढेको बताए । प्रदेशको आर्थिक उत्पादन वृद्धि तथा कृषिलाई आधुनिकीकरण गर्दै खण्डीकरण कृषि प्रणालीलाई विस्थापित गर्दै चक्लाबन्दी कृषि प्रणालीमा जोड दिँदै सामूहिक खेती प्रणालि अवलम्बन गर्ने कामको सुरुआत समेत गरिसकेको उनको भनाई छ ।

त्यस्तै सार्वजनिक निजि क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत श्रोतकेन्द्र सहितको कृषि फर्म संचालन गर्ने प्रदेश सरकारको योजना रहेको र प्रदेशका ६६ निर्बाचन क्षेत्रमा ६६ नमुना कृषि फार्म गरेर कृषि क्षेत्रलाई विस्तार गर्दै आर्थिक रुपमा सक्षम प्रदेश निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको मन्त्री लामाले बताए । कृषि क्षेत्रमा व्यापक सफलता हासिल गर्न प्रदेश सरकारले उत्पादन बृद्धिदेखि कृषि बजारको व्यवस्थापनमा विषेश ध्यान दिएर काम सुरु गरेको उनको दावी छ ।

उनले काठमाडौमा कौसी खेती गरेर बिषादीमुक्त तरकारी जनतालाई खुवाउने योजना रहेको पनि सुनाए । सडकको छेउछाउ, घरभित्रको कम्पाउन्ड, बारी आदि स्थानमा बिरुवा रोपेर अबको ४÷५ वर्षभित्रमा प्रदेशलाई फलफूलमा पूर्ण रूपले आत्मनिर्भर बनाउने योजना समेत प्रदेश सरकारको रहेको मन्त्री लामाले जानकारी दिए । सो कर्यक्रममा ३ नम्बर प्रदेशका संसदहरुले पनि आफ्नो भनाई राखेका थिए । सो कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>