चितवन विशेष
नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
०

मुग्लिन (चितवन), असार ४-
नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।रासस
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























