क्रिकेट

अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको क्वाटरफाइनल समीकरण पुरा

Banner

चितवन, असोज ५–

चितवनमा जारी ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को क्वाटरफाइनल समीकरण पुरा भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार चार खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
प्रतियोगिताअन्तर्गत आज (आइतबार) बिहान सम्पन्न खेलमा नाइट किङ काठमाडौंले नवलपुर भेटेरान क्लव नवलपुलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । नाइट किङ काठमाडौंका लागि सरोज थापाले खेलको ११ औं मिनेटमा गोल गरे । यस्तै खेलको १७औं मिनेटमा थापाले व्यक्तिगत दोस्रो गोल गर्दै नाइट किङको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० ले पछि परेको नवलपुर भेटेरानले दोस्रो हाफमा खेलमा फर्कने कोशिस गरेको थियो । खेलको ३७औं मिनेटमा नवलपुर भेटेरानका हरी चौधरीले गोल गर्दै अग्रता २–१ मा झारे । तर बाँकी समयमा थप गोल हुन सकेन र नाइट किङ २–१ ले विजयी भयो । खेलको म्यान अफ दि म्याच नाइट किङका सरोज थापा घोषित भए । सेमीफाइनल प्रवेशका लागि नाइट किङले भोलि (सोमबार) टि बर्गर ललितपुरको सामना गर्नेछ ।
यस्तै आइतबार नै सम्पन्न दोस्रो खेलमा बगरभाई खलक पोखरालाई टाइब्रेकरमा पराजित गर्दै टि बर्गर ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो । टाइब्रेकरमा टि बर्गर ललितपुर ३–१ ले विजयी भए । खेलको म्यान अफ दि म्याच टि बर्गर ललितपुर गोलरक्षक प्रदीप तान्डुकार घोषित भए ।
आइतबारको तेस्रो खेलमा २ पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा गर्दा कैलाली भेटेरान देहरादुन एफ सि भारतसँग टाइ ब्रेकरमा ३–२ ले पराजित भयो । निर्धारित समयको पहिलो र दोस्रो हाफमा कैलालीले प्राप्त गरेको २ पेनाल्टी सदुपयोग गर्न सकेन । सेमिफाइनल प्रवेशका लागि देहरादुनले आयोजक चितवन भेटेरान रातोको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न चौथो खेलमा चितवन भेटेरान (रातो) विजयी भएको छ । चितवन (रातो)ले युथ एकेडेमी वीरगञ्जलाई ४–१ ले पराजित ग¥यो । चितवनको जितमा रविन्द्र श्रेष्ठले खेलको २१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । यस्तै २८औं मिनेटमा गोल गर्दै धर्मराज शाहीले चितवन (रातो)को अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोल गरेको चितवन (रातो)ले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । वीरगञ्जले एक गोल फर्कायो । दोस्रो हाफको १२औं मिनेटमा गोल गर्दै सुरेश श्रेष्ठले वीरगञ्जलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर १८ औं मिनेटमा गोल गर्दै चक्र पुनले चितवनको अग्रता ३–१ मा पु¥याए । लगत्तै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि चितवन रातो ४–१ ले विजयी भयो । खेलको म्यान अफ दि म्याच चितवन (रातो)का चक्र पुन घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलि (सोमबार) सेमीफाइनल चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा बिहान ७ बजे झापा भेटेरान र रुपन्देही भेटेरान ११ (बुटवल) भिड्ने छन् । दोस्रो खेलमा बिहान ८ बजे देहरादुन एफसी (भारत) र चितवन भेटेरान (रातो) भिड्ने छन् । यस्तै दिउँसो ३ बजे चितवन भेटेरान (निलो) र रोयल भेटेरान दार्जिलिङ तथा ४ बजे टि बर्गर ललितपुर र नाइट किङ काठमाडौंबीच खेल हुनेछ ।
असोज ७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>