राजनीति

प्रचण्डले दिए टीकापुर घटनाका दोषी रेशम चौधरी छुट्ने संकेत

Banner

विराटनगर,  असोज ५-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरी जेलबाट छुट्ने संकेत दिएका छन्।

सुनसरीमा आइतबार आयोजित जितिया पर्वको अवसरमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै दाहालले झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

उनले टीकापुर घटनाको सन्दर्भमा बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति गरिएको पनि बताए ।

अब जनताको मतबाट जितेका माननीयहरूलाई ससम्मान ल्याउने वातावरण बन्ने पनि दाहालले उक्त कार्यक्रममा बताए ।

चौधरीले कैलाली १ बाट प्रतिनिधिसभामा चुनाव जितेका थिए । उनलाई जेलमै रहेका बेला शपथ दिलाइएको थियो । उनले टीकापुर घटनामा जन्दकैदको सजाय भोगिरहेका छन्।तश्बिर :रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>