मौसम

मनसुन अझै एकसाता लम्बिने

Banner

काठमाडौं असोज ५-

जलवायु तथा मौसम विज्ञान महाशाखाले अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ । यसरी वर्षा भएका स्थानमा चितवन, धनगढी, डडेलधुरा, अछाम, जाजरकोट लगायतका स्थान भएको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मनसुनको अवधी भोलि सेप्टेम्बर २३ सम्मको मात्रै भए पनि कम्तिमा एकसाता लम्बिने अवस्था देखिएको मौसमविद् शान्ति कँडेलले जनाएकी छन् ।

उनले अझै एकसाता घाम पानीको अवस्था रहने जनाएकी छन् । ‘‘एक हप्तासम्म केही वर्षा पनि हुने र घाम पनि लाग्ने खालको अवस्था देखिएको छ । मनसुनको अवधी अझै एक हप्ता पछि सर्ने संकेत पाइएको छ ’’ मौसमविद् कँडेलले भनिन् ।

पूर्वानुमान महाशाखाले जारी गरेको वक्तव्यमा आज आइतबार देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ । भोलि सोमबार र पर्सि मंगलबार पनि देशभरी आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ् तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>