चितवन विशेष

चितवनमै ‘जीपलाइन’को मज्जा (फोटोमा हेर्नुहोस्)

Banner

चितवन, असोज १–

चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्यमा पर्ने जिल्ला हो । चितवन राष्ट्रिय निकुञ्ज र सौराहाले यहाँको पर्यटन क्षेत्रलाई धानेको छ । यसैको कारण विदेशी तथा स्वदेशी पर्यटकहरु चितवन आउने गर्दछन् । पछिल्लो समय विकास हुँदै गइरहेको पटिहानी र एक समयका ख्यातीप्राप्त मेघौली क्षेत्र पनि अहिले जुर्मुराउँदै छन् । यसले चितवनको पर्यटकीय क्षेत्रहरु थपिदै गइरहेको छ । अब चितवन आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि फेरी नयाँ गन्तव्य निर्माण भएको छ ।

जिल्लामै पहिलोपटक शाहसिक खेलको रुपमा परिचित जीपलाइन संचालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै जीपलाइन संचालनमा ल्याईको हो । जीपलाइनको आज (बुधबार) प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समुद्घाटन गरे ।

सो क्रममा बोल्दै मन्त्री नेपालले जीपलाईनले चितवनको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने बताए । उनले समुदायस्तरबाट यस्तो कार्यको थालनी हुनु सकरात्मक रहेको भन्दै यस्तै कार्यहरुलाई अगाडि बढाउनुपर्ने बताए । मन्त्री नेपालले वन र पर्यटनलाई संगै लैजानुपर्ने धारणा व्यक्त गरे ।

सामुदायिक वनले निजी कम्पनि वाइल्ड ओन्डर्स नेपाल प्रा.लि.संगको सहकार्यमा जीपलाइन संचालनमा ल्याएको हो । सामुदायिक वनमा निर्माण गरिएको ठूला तीन र एउटा बच्चाका लागि निर्माण गरिएको जीपलाइन बुधबारदेखी संचालनमा आएको सामुदायिक वनका अध्यक्ष केशब बहादुर थापाले जानकारी दिए । बच्चाका लागि निर्माण गरिएको जीपलाइनको दुरी ५५ मिटरको रहेको छ भने अन्य तीन वटा ८५ देखी १८५ मिटर दुरीमा रहेको जीपलाइन संचालक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले छिट्टै २८५ मिटरको अर्को जीपलाइन तयारीको क्रममा रहेको बताए ।

जीपलाइन निर्माणका लागि ७५ लाख रुपैयाँ खर्च भएको सामुदायिक वनले जनाएको छ । जीपलाइन तीन महिनामै निर्माण सम्पन्न भए पनि सबै प्राविधिक पाटो मिलाउँदा एक वर्ष लाग्यो । जीपलाइनको मज्जा लिनका लागि बच्चाका लागि एक सय रुपैयाँ र अन्यका लागि पाँच सय र छ सय रुपैयाँको टिकट राखिएको छ । जीपलाइन मार्फत नै सामुदायिक वनमा वार्षिक २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

जीपलाइन समुद्घाटन कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष एवंम जीपलाइनका संयोजक माधव देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश ३ का सांसद विजय सुवेदी, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, पर्यटन विकास समिति चितवनका अध्यक्ष बद्री अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एकल महिला र अपांग भएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>