सेलिब्रेटी

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

Banner

काठमाडौं, भदौ ३१-

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट के कति क्षतष् भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन ।। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ।।अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् ।। म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छेु, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>