चितवन विशेष

महानगरले दियो भरतपुर अस्पताललाई एक हजार डेङ्गु परिक्षण किट

Banner

चितवन,भदौं २६-

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई एक हजार डेङगु परिक्षण किट उपलब्ध गराएको छ । आज (विहिवार) भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मार्फत भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीलाई हस्तान्तरण गर्नुभयो ।

प्रति किट ३ सय ४२ रुपैंया पर्छ । राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा प्रयोग गर्ने खालको किट हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा डेङ्गु सार्ने लामखुट्टे नियन्त्रण गर्न जिम्मेवार भएर लागेको बताउनुभयो । उहाँले भरतपुर अस्पताललाई सानो सहयोग गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । प्रत्येक घरमा सरसफाइलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले अहिले पनि भरतपुर अस्पतालमा दैनिक २ सय देखि ३ सय किट आवश्यक रहेको बताउनुभयो । उहाँले किट प्रयोग गर्न पर्देन भनेपनि विरामीहरु नै परिक्षणका लागि अग्रसर हुने गरेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा. भोजराज अधिकारीले स्प्रे मानव स्वास्थ्यका लागि घातक भएकाले भरतपुरमा नछरिएको स्पष्ट पार्नुभयो । उहाँले स्प्रेबाट लामखुट्टे भन्दापनि मानव स्वास्थ्यमा बढि असर गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>