चितवन विशेष

आगामी वर्षदेखि भरतपुर महानगरको आफ्नै पाठ्यक्रम

Banner

चितवन,भदौं २५-

भरतपुर महानगरपालिकाले विद्यालय तहमा आफ्नै पाठ्यक्रम लागू गर्ने भएको छ। शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म नयाँ पाठ्यक्रमअनुसार पठनपाठन सुरू गराउने महानगरले तयारी गरेको हो। स्थानीय स्तरमा रहेका धार्मिक, साँस्कृतिक, वातावरण र स्वास्थ्यलगायतका विषय समेटेर पाठ्यक्रम तयार गरिएको महानगरका शिक्षा समिति सदस्यसमेत रहेका शिक्षाविद् रमाकान्त सापकोटाले जानकारी दिए।

‘पाठ्यक्रममा के–के समावेश गर्ने छलफल गरिराखेका छौं, यो वर्ष पाठ्यपुस्तक नै तयार हुन्छ,’ उनले भने,‘ चितवनमा बोलिने भाषा के के हुन्, विविधता कस्ता छन् भन्ने पनि अध्ययन गरेर राखेका छौं।’ स्थानीय खेल, पेशा, जडिबुटीका विशेषता, धार्मिक तथा पर्यटकीय स्थलहरू, मठमन्दिरलगायत विषय पाठ्यक्रममा समावेश गर्ने उनले जानकारी दिए। ‘स्थानीय सामाजिक तथा वातावरण विषयमा यहाँका बालबालिकाले सामान्य ज्ञान त्यही पुस्तकबाट पाउनेछन्,’ उनले भने।

पाठ्यक्रम तयार गर्न ‘हाम्रो गौरव हाम्रो भरतपुर’ नाम दिएर अध्ययन गरिराखिएको छ। ‘पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ,’ महानगरको शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले भने, ‘आगामी वर्षदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम बनाउने काम भइराखेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>