चितवन विशेष

चितवनमा काँग्रेसको जागरण अभियान सुरु

Banner

चितवन, भदौं २४–

नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियान आज (मंगलबार)देखी सुरु गरेको छ । जिल्लाका सबै प्रदेश स्तरका क्षेत्रहरुमा जागरण अभियान सुरु गरेको हो ।

काँग्रेसको केन्द्रीय समितिको निर्देशन बमोजिम जिल्लाका प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा मंगलबार एकैसाथ जागरण अभियान सुरु गरेको हो । १०६ औं बीपी जयन्तीको अवसर पारेर प्रत्येक निर्वाचन क्षेत्रमा एक सय ६ वटा बिरुवा गरेर ६ सय ३६ बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रमका लागि केन्द्रले पठाएका प्रतिनिधि र जिल्लाले तोकेका प्रतिनिधिहरु सहित सबै क्षेत्रमा एकै साथ कार्यक्रम गरि मनाईएको हो ।

नेपाली काँग्रेसले चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १(क) मा नवराज महत, (ख) प्रेमबहादुर खड्का, २ (क) गणेशमान चक्रधर, (ख) रामचन्द्र माईकल, ३ (क) धर्मराज अर्याल, (ख) धनलक्ष्मी श्रेष्ठलाई प्रतिनिधिको रुपमा खटाएको थियो । सबै प्रतिनिधिहरुले कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै पार्टीलाई अहिलेको अवस्थाबाट पुरानो अवस्थामा फर्काउनका लागि अभियान प्रभावकारी बताएका छन् ।

काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार असोज ७ गतेसम्म सञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश (क) मा जिल्ला सहसचिव सूर्य अर्याल, (ख) मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश (क) मा जिल्ला सचिव उत्तम जोशी, (ख) मा प्रवक्ता निता ढकाल, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ प्रदेश (क) मा जिल्ला कोषाध्यक्ष शंकर कडेंल, (ख) मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मा लगाएको छ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार अभियानका क्रममा हुने कार्यक्रमहरुको सूचना सम्प्रेषणका लागि जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरी काम गरिएको छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>