चितवन विशेष

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृत फेला

Banner

चितवन,भदौं २१-

दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरबाट भदौ १९ गतेदेखि हराईरहेकी ६ वर्षिया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी घरबाटै हराएकी थिईन । उनी शनिबार बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिईन । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । परिवारले बालिकाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>