अन्तर्राष्ट्रिय

सिरियामा ५० विद्रोही मारिए

Banner

दमास्कस, सिरिया, भदौ १५

अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् ।

विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् ।
देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हीड समूहको बैठक भएको थियो । यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन् । सिरियाली सेनाले गत शुक्रबार युद्धविराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो । रासस\सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>