चितवन विशेष

भरतपुरको चौबिसकोठीमा निशुल्क कपडा बैँक सञ्चालनमा

Banner

निशा श्रेष्ठ

चितवन,भदौं १३-

पछिल्लो समयमा देशका विभिन्न ठाउँमा कपडा बैँकखोल्ने अभियान नै चलिरहेको छ । सडक तथा विपन्न वर्गलाई लक्षित गरी कपडा बैँक खोल्ने क्रममा भरतपुरको चौबिसकोठीमा पनि युवा समुहद्धारा आजदेखी निशुल्क कपडा बैँक सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरको समन्वयमा बेटर चितवन ,रोट्याक्ट क्लब अफ नारायणी मीट टाउनद्धारा उक्त कपडा बैक स्थापना गरिएको हो ।

त्यस्तै बोस्टन इन्टरनेशनल कलेज र परिचय नामक संस्थाको पनि सहयोग पनि कपडा बैंकमा छ । कपडा बैँकको उद्धाटन गर्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले महत्वपुर्ण कामको सुरुवात भएको बताइन् । उनले कपडा बैँकलाई व्यवस्थित बनाएर लैजान महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । बेटर चितवनका अध्यक्ष सागर कार्कीले हावा पानीबाट बचाउनका लागि कपडा बैकको डिजाइन अन्य भन्दा फरक बनाइएको बताए ।बैँकभित्र दुईवटा कोठा बनाइएको जानकारी दिए । जसमध्य एउटामा कपडा संकलन तथा अर्कोमा किताब संकलन गरिने उनले जानकारी दिए । कपडा दिन चाहानेले माथिल्लो घर्राबाट खसाल्न सकिनेपनि बताए ।

त्यस्तै रोटरी क्लब नारायगढका एरिया गर्भनर अनिल थपलियाले दराजमा थन्किरहेका कपडा ,किताब ,जुत्ताहरु अरुको लागि प्रयोग हुन सक्ने भएकाले कपडा बैँकमा ल्याएर दिन आग्रह गरे । यसरी जम्माभएका कपडा आवश्यकता अनुसार जो सुकैले लिन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>