विचार/ब्लग

सम्झनामा मेरा बा..

Banner

बिजयराज अधिकारी-

बा एउटा यस्तो शब्द जुन एउटै अक्षर बाट पनि शब्द बनेर ठूलो अर्थ बोकेको छ । कति गहन छ कति गहिराइ छ । यो शब्द एक्लो देखिन्छ मानौ एक्लो बृहस्पति तर एउटा ब्रह्माण्ड नै धानिदिएको छ । यो एउटै शब्द हो जस्ले जिम्मेवारि सिकाउछ, कर्तब्य सिकाउँछ,संघर्ष सिकाउछ अनि पुरै जिन्दगी को अर्थ बुझाइदिन्छ । एउटा ठूलो छाती भित्र एउटा दम्भ र बल, माया र प्रेम अनि ठाउँ अनुसार को उपस्थिती जनाउने यो शब्द हरेक सन्तान ले जन्मे पछि जिन्दगीमा बोल्ने पहिलो पुर्ण शब्द हो बा। तपाईं मान्नुस वा नमान्नुस तपाईं को वा मेरो जिन्दगिको पहिलो पुर्ण वाक्य बा नै हो ।

शब्द मा जति लेखे पनि यो विशाल धर्ती र धर्म को प्रतिबिम्ब बा भन्ने शब्द कमै हुन्छ । यो यति ठूलो साइनो र नाता म सँग पनि छ । मेरा बा र म मेरो छोरा दिप्सनको बा । आज बा को मुख हेर्ने दिन अर्थात कुशे औशी । आज हरेक बा का छोरा छोरी बा सँग छैनन वा हरेक बा हरु छोराछोरी सँग छैनन् । कमै भाग्यमानी छन जस्ले स्पर्श सहित यो पर्व मनाए । कतिका त स्मरणमा मात्र छन फोटो पनि छैन हेर्नका लागि आफ्ना बा को अनि कतिपय को बा भएर पनि महत्व छैन ।

हो म पनि एउटा त्यस्तै छोरा हु मेरा बा म सँग छैनन मेरो घर देश मा ८५ बर्ष को उमेर मा भिडियो कल मा आएर उहाँलाइ हेरे । मात्र उहाँँलार्इ हेरिरहे । बोलौ कान सुन्नु हुन्न । केही दिउँ बुवालाई दिन नमिल्ने टाढा बाट । बा बोल्दै गर्दा मन मा लागेको थियो यो उमेर सम्म त मेरा बा छन भनेर म ढुक्क छु किनकी मेरो जिन्दगी को पहिलो ठूलो पाठशाला र मेरो पहिलो पहिचान भुमिदत्तको छोरा जन्मियो भन्ने । आजसम्म त्यही पहिचान मा बाच्न पाउनु मा गर्व लाग्छ र आज पनि मात्र बुवाका आशिर्वाद लिएर मनलाई हल्का बनाउने काम गरे सधै लिइरहे दिन केही सकिन भन्ने मन मा लागिरह्यो।

त्यसपछि म पनि मेरो छोराको बा । मेरो छोरा दिप्सन उमेर ले ७ बर्ष पूरा हुदैछ म मुस्किल ले उ सँग त्यस्तै ७ देखि ८ महिना मात्र सगै बसेको छु होला । मात्र भिडियो कल मा सधै हेरेर यो मेरो बा हो भनेर चिनिएको म उस्को स्पर्श अत्यन्तै प्रिय थियो मेरो जिन्दगीको । बिबिध बाध्यताका बिच कतार मा छु आज उस्ले भन्यो बा तपाईं घर आए पछि म लड्डु खुवाउछु है । मैले भने छोरा म पनि तिम्रो लागि लड्डु ल्याउछु किनकी तिमी जन्मिएको भएर म बा भएको हु नत्र म मा बा हुने भाग्य कहा हुन्थ्यो र ?

बाबू दिप्सन मेरा बा तिम्रा हजुर बा पनि लाहुर भारतिय सेनामा हुनुहुन्थ्यो र उहाँ घर आउदा मैले मेरा बा लाई चिनेको थिइन त्यस्तै तिमीसँग पनि भयो । सँगै भएर मेरो काखमा खेल्न तिमी ले अबसर पाएनौ, सँगै भएर मलाइ घोडा बनाएर तिमी हट घोडा हट खेल्न पाएनौ, सँगै भएर बा सँग हास्न रुन कराउन पाएनौ, सँगै भएर लुकामारी खेल्न पाएनौ । मात्र बर्ष दिन वा दुई बर्ष मा एक महिनाको बिदामा आउने १ महिने बा सँग तिमीले सधै चित्त बुझाउनु पर्यो । माफी चाहान्छु यस्को लागि बाबू ।

म आज अन्य दिन भन्दा फरक माहोल र ठाउमा थिए जहाँ एउटा मेरो आदर्श परिवार थियो । मेरो आदर्श परिवार जो छोटो समय मै मेरो आत्मा र भावना को गहिराइ अनि मेरो जिन्दगीको दुख र सुख लाई अनुभत गरेको परिवार मेरो अभिभाबक भने पनि मेरो साथी भने पनि वा मेरो दाइ , भाउजू (प्रकाश अर्यालर मिरा अर्याल) जे भने पनि उहाँ हरु सग थिए । बाबू नानी पनि सगै । साना सना बाबू नानी सँग खेल्दै गर्दा उनिहरुले आफ्ना बा को मुख हेरेको पल त्यो खुशी कमै भाग्यमानी लाई मिल्छ जस्ले बास्तबमै जिन्दगी जिउन जानेको हुन्छ भन्ने अनुभूति भयो । म भिडियो कल मा मेरा बा र मेरो छोराले मलाइ हेर्दै थियो । मन अमिलो हुदो रहेछ तर मन न हो बुझिहाल्दो रहेछ मेरो भाग्य ले यति मात्रै नदिएको होइन अब भएका केही खुशी हरु पनि लादै छ भनेर मन बुझाए ।

र जिन्दगीमा बा हुनु को गर्व मलाइ जस्तै तपाईं लाई पनि र आमा हुनु को गर्व तपाईं लाई तपाईं को सन्तान हुनु कै कारण भएको हो । लाग्थ्यो म भन्दा बा अनपढ छन होइन रहेछ उनी एउटा बिश्वबिद्धालय रहेछन जहाँ कुनै किताब मा लेख्न छुटेका ज्ञान पाउन सकिन्छ । लाग्थ्यो बा पाखे जस्ता देखिन्छन अहिलेको आधुनिकतामा होइन रहेछ उनी त पशुपती को पुरानो गजुर भन्दा महत्वपूर्ण पुरातात्त्विक महत्वका रहेछन । त्यसैले हर बा को सम्मान मा हर सन्तान ले आफ्नो जन्म कै रिण तिर्न पनि कर्तब्य पूरा गर्न नबिर्सौ । कुनै बा ले मोबाइल बिग्रेर छोरा छोरिले फोन नगरेका हुन कि भनेर मोबाइल देखाउन जान नपरोस । अनि कोहि सन्तानले आफ्ना बा लाई फोन गर्दा र सेवा गर्दा दुख अनुभुत हुन्छ भने उनले तिम्रा लागि गरेका दुख लाई आफ्नो सन्तान सग जोडेर हेर्नू र डोको को कथा कहिल्यै नबिर्सनु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>