कर्पोरेट
एनआईसी एशिया बैंकको नगद लाभांश ९७ करोड बढी

चितवन, भदौं ११-
एनआईसी एशिया बैंक लिमिटेडको आज सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई नगद लाभांशको घोषणा गरेको छ ।
बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष ०७५÷०७६ को लागि प्रति शेयर १० रुपैयाँ(१०५) ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८७० शेयर लाभांश तथा ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैँकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई वितरण गरिने बैँकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५÷०७६ मा प्रति शेयर आम्दानी ईपीएस र शेयर पूँजि तथा कोषमा प्रतिफल आरओई क्रमशः रु.३४.२२ र २२.७३ प्रतिशत आर्जन गर्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।