चितवन विशेष

श्रीकृष्ण आध्यात्मिक परिषद्को अध्यक्षमा ढकाल

Banner

चितवन, भदौं ८-

श्रीकृष्ण आध्यात्मिक परिषद् भरतपुर महानगरपालिका–७ को चौंथो अघिवेशनले पुनः रमेशबाबु ढकाललाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा रामचन्द्र देवकोटा र सचिवमा बामदेव पण्डितलाई चयन गरेको छ । परिषद्का सदस्यहरुमा ठाकुर बजगाई, मिठुदेवी मरहठ्ठा, चन्द्रकुमारी आले, सरला पुडासैनी, दीपा पोखरेल, अर्जुन धिताल र भूमि घिमिरे चयन भएका छन् ।

आध्यात्मिक चेतना मार्फत् समाजमा सकारात्मक जागरण फैलाउने उद्देश्यले परिषद् गठन गरिएको अध्यक्ष रमेशबाबु ढकालले बताए । सांसद मिलनबाबु श्रेष्ठ प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा राजकृष्ण कँडेललाई मरणोपर्यन्त सम्मान गरिएको छ । शिक्षण पेसामा संलग्न कँडेलले परिषद् स्थापनार्थ पु¥याएको योगदानको कदर गर्दै मरणोपर्यन्त सम्मान गरिएको हो । सो अवसरमा कँडेलकी श्रीमती मायादेवी कँडेलले श्रीमान्को नाममा एक लाख ५१ हजार रुपैंयाँको अक्षयकोष स्थापना गरिदिएको संस्थाका निवर्तमान सचिव विनोदबाबु ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>