चितवन विशेष

चितवनका यमबहादुर महिलासहित काठमाडौंमा मृत भेटिए

Banner

चितवन, भदौं ४–

चितवनका एक पुरुष महिलासहित काठमाडौंको एक होटलमा मृत भेटिएका छन् ।

काठमाडौंस्थित नयाँ बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । घटना बारे थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको डीएसपी प्रसाईले जानकारी दिए ।

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>