प्रवास

नेपाली नारी समाज पोर्चुगलले तीज मनाउने

Banner

पुनम गौतम
पोर्चुगल, भदौं ४–

नेपाली नारी समाज पोर्चुगलले तीजको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जेष्ठ नागरिक सम्मान र बालबालिकाहरुको तीज गीत नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको समाजकी अध्यक्ष जयकला राइले जानकारी दिइन् ।

नेपालको रितिरिवाज र सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्दै आएको समाजले गतवर्ष जस्तै यस वर्ष वहत र पृथक तरिकाले समाजमा प्रस्तुत हुने जनाएको छ । १ सेप्टेम्बर २०१९ आइतबारका दिन अर्थात् नेपालमा दरखाने दिनमा आयोजना हुन लागेको ‘तीज विशेष साँस्कृतिक कार्यक्रम’ लाई भब्य रुपमा सफल पार्न पोर्चुगलवसी सम्पूर्ण नेपालीहरुलार्इ समाजले अनुरोध गरेको छ ।

तीज गीत नृत्य प्रतियोगितामा १० वर्ष मुनिका र १० वर्ष माथिका गरी दुई ग्रुपमा विभाजन गरी प्रतियोगिता गरिनेछ । तीज गीत नृत्य प्रतियोगितामा प्रथम र द्धितीय हुनेलार्इ उचित पुरस्कारको समेत व्यवस्था गरिएको समाजकी उपाध्यक्ष मिनामाया खरेलले जानकारी दिइन् । प्रतियोगीहरुले यही २७ अगस्ट मंगलबार बेलुका ६ बजेसम्म नाम दर्ता गराउन समाजले अनुरोध गरेको छ । कार्यक्रमलाई थप सफल र भव्य बनाउनका लागि अध्यक्ष जयकला राईको संयोजकत्वमा १२१ मुल आयोजक समिती र कार्य सम्पादन उपसमितिहरु समेत गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>