चितवन विशेष

चितवनका दुई युवा अन्तर्राष्ट्रिय रोबर्ट प्रदर्शनीमा मंगोलिया जाँदै

Banner

नारायणी अनलाइन डेस्क

चितवन, भदौं २-

भरतपुरका दुई युवा अन्तर्राष्ट्रिय रोबर्ट प्रदर्शनीमा मंगोलिया जाने तयारी गरेका छन् ।

भरतपुर महानगरपालिका–११ का पवनशर्मा पौडेल र भरतपुर महानगरपालिका–७ का अनुप पाण्डे पुल्चोक इन्जिनियरिङ क्याम्पसको रोबोटिक्स क्लबबाट भदौं ४ गते मंगोलिया जाँदै छन् । मंगोलियामा अगष्ट २५ तारिखमा दुई दिनसम्म हुने प्रतियोगितामा एशिया प्यासिफिक क्षेत्रका १९ वटा देशको सहभागिता रहने भएको छ ।

पौडेल र पाण्डेसँगै रोबोटिक्स क्लबबाट अन्य २१ जनाको पनि सहभागिता हुने भएको छ । प्रतिस्पर्धाका लागि उनीहरुले एक महिना अगाडि नै रोबोर्टलाई मंगोलिया पठाइसकेका छन् । एशिएन ब्रोडकास्टिङ युनियनले गरेको प्रतिस्पर्धालाई एबीयू रोबोकन प्रतिस्पर्धा नाम दिइएको उनीहरुले नारायणी अनलाइनलाई बताए ।  इन्जिनियरिङ कलेजका स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थी आफैँले नयाँ प्रविधि र मेकानिजम प्रयोग गर्दै रोबोर्ट तयार गरेका हुन् । विगत १९ वर्षदेखि रोबोटो प्रतियोगिता हुँदै आएको क्लबले जनाएको छ । त्रिभुवन विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै रोबोटिक्स क्लबले सन् २००२ देखि उक्त प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

रोबोर्ट निर्माण सम्पन्न भएपछि शुक्रबार कलेजमा ‘अब रोबोकन २०१९’ प्रदर्शन गरियो । यस वर्षको ‘रोबोकन’ प्रतियोगिता अर्को महिना मङ्गोलियाको उलनबटरमा आयोजना हुँदै छ । मंगोलियामा प्रतियोगिता हुने भएकाले यस वर्ष नेपाली विद्यार्थीले घोडामार्फत हुने युद्ध कौशलसम्बन्धी त्यहाँको परम्परा र संस्कृति झल्काउने खालको रोबोर्ट तयार गरेका छन् । रोबोर्ट प्रतियोगितामा सहभागिता जनाउँदा नयाँ प्रवधिसँग घुलमिल हुने, नेपाली प्रविधि एवम् सोचलाई विश्वबजारमा चिनाउने र विद्यार्थीबीच उनीहरुको स्तरोन्नतीमा टेवा पु¥याउने अपेक्षा विद्यार्थीले गरेका छन् ।

फोटो: पवन शर्मा पौडेलको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>