चितवन विशेष

समाजसेवी टंकनाथ ‘राजीव गान्धी अवार्ड’बाट सम्मानित हुँदै

Banner

चितवन, भदौं २–

चितवनका समाजसेवी टंकनाथ पौडेल भारतको ‘राजीव गान्धी अवार्ड’बाट सम्मानित हुने भएका छन् ।

भोलि (अगष्ट २०) तारिखका दिन राजधानी दिल्लीमा हुने राजीव गान्धि दिवस एवंम भारत–नेपाल सांस्कृतिक समन्वय सम्मेलनमासमाजसेवी पौडेल ‘राजीव गान्धी अवार्ड’बाट सम्मानित हुन लागेका हुन् । सम्मान ग्रहणका लागि पौडेल दिल्ली पुगि सकेका छन् ।

सबैको हित, सबैमा सुख भन्ने भावनाले नेपालमा धार्मिक क्षेत्रमा महत्वपूर्ण कार्य गरिरहेकोले पौडेललाई सम्मान गर्न लागिएको आयोजक समरसता इन्टरनेशनल काँग्रेसले जनाएको छ ।

भव्य समारोहमा २० देशका प्रतिनिधिहरुको उपस्थिति रहने छ । सो समारोहमा सोनिया गान्धीले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>