चितवन विशेष
पोष्टमार्टम रिपोर्ट र लामिछाने बिरुद्धको किटानी जाहेरी चितवन आइपुग्यो

चितवन,भदौं १-
मृतक पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट चितवन आइपुगेको छ । चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आज (आइतवार) पोष्टमाटम रिपोर्ट चितवन आइपुगेको हो । उनले पोष्टमाटम रिपोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी रहेको बताए । यसअघि नै भिडियोको डिजिटल ल्याब रिपोर्ट चितवन आइसकेको थियो ।
यस्तै आजै पीडित परिवारले दिएको किटानी जाहेरीको पत्र पनि चितवन आइपुगेको मल्लले बताए । मल्लका अनुसार आज परिवारले महानगरिय प्रहरी परिसर काठमाडौं मार्फत रवि लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएका थिए । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् । प्रहरीले घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । अदालतले थपको पाँच दिनको म्याद भोली सकिदैछ । घटनको दुई हप्तापछि किटानी जाहेरीसंगै घटनासंग सम्बन्धित प्रमाणहरु जुट्दै गएका हुन् ।