कर्पोरेट
वाईवाई टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा
०

चितवन, भदौं १-
वाईवाई ग्लोकल टिन हिरो–२०१९ को लागि छनोटमा परेका उत्कृष्ट ६ प्रतिस्पर्धीको नाम घोषणा गरेको छ ।
यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवेदन प्राप्त भएको थियो । आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्रामिङ, उद्धयमशीलतादेखि सामाजिक विकासका लागि सिप र विशेष योग्यतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाव पर्ने काम गरेका छन् । छनोटमा पर्ने किशोरकिशोरीहरुमा जनकपुरमा १९ वर्षीय विधि मण्डल, पोखराका १८ वर्षीय विक्रम पराजुली, रुपन्देहीका १४ वर्षीय लभ पन्थी, मकवानपुरका १७ वर्षीय रचिन कालाखेती, मोरङका १६ वर्षीय समिर फुयाल र काठमाडौँकी सुप्रिया महर्जन सापकोटा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>