चितवन विशेष
भरतपुर ११ अमनचोकमा करेन्ट लागेर एकको मृत्यु
०

चितवन,भदौं १-
चितवनमा करेन्ट लागेको एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ अमनचोकमा शनिवार साँझ पानी तान्ने मोटरमा करेन्ट सर्टभई पर्सा पोखरीया नगरपालिका ३ घर भएका ३१ बर्षिय अनरजित मुखियाको मृत्यु भएको हो ।
भरतपुरमा लेवर काम गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।