चितवन विशेष
बस्ती पसेको गैंडा भरतपुरबाट यसरी नियन्त्रणमा लिइयो (तस्विरमा)
०

मणिरत्न पौडेल,
चितवन,साउन ३२-
चितवन राष्ट्रिय निकुन्जको मध्यबर्ती क्षेत्रबाट बस्ती पसेको गैडा नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका ९ कन्द्रिय बसपार्क स्थित बस्तीमा छिरेको गैडालाई नियन्त्रणमा लिइएको हो । विहान गैडा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

निकुन्जबाट ल्याइएका ६ वटा हात्ती सहितको प्राविधि टोली,राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक टोलीले गैडा नियन्त्रणमा लिएको छ । गैडालाई डाट गरेर नियन्त्रणमा लिइएको राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक अनिल सेढाईले जानकारी दिए । उनले नियन्त्रणमा लिइएको गैंडा निकुन्जको मुख्यालय कसरामा राखिने बताए । तस्विरमा हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























