चितवन विशेष

कहाँ चुक्दै छ चितवन प्रहरी, किन लुकाएको थियो ‘सुसाईट भिडियो’ ?

Banner

चितवन, साउन ३०–

चितवनको नारायणगढस्थित गत साउन २० गते राती एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको ‘सुसाईट भिडियो’ सार्वजनिक भएको छ ।

भिडियोलाई लुकाउँदै आएको चितवन प्रहरीले बुधबार एक अनलाईन संचारमाध्यमले सो ‘सुसाइट भिडियो’ सार्वजनिक गरेको हो । भिडियोमा मृतक पुडासैनीले न्यू २४ टिभीमा ‘सिधाकुरा जनतासंग’का प्रस्तोता पत्रकार रवि लामिछानेसहित तीन जनाले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् । यसअघि चितवन प्रहरीले फेला पारेको यस भिडियो बारे तत्कालै अनलाईन संचारमाध्यममा समाचार आएपछि चितवन प्रहरीले विज्ञप्ती नै जारी गरेर भिडियो फेला परेको समाचार भ्रामक भन्दै समाचारको खण्डन गरेको थियो । प्रहरीले भिडियोलाई गुपचुपमै राख्न खोजेको थियो । तर घटनाको अनुसन्धान बारे प्रहरीले तदारुकता नदेखाए पछि सो भिडियो परिवारले संचारमाध्यम मार्फत सार्वजनिक गरेको हो ।

भिडियो सार्वजनिक बारे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लसंग टेलिफोनमा बुझ्न खोज्दा आफू काम रहेको भन्दै यस बारे पछि बोल्ने भन्दै फोन काटेका थिए । तर यसै भिडियो बारे उनको भनाईलाई कोर्ट गर्दै काठमाडौंबाट संचालित संचारमाध्यमहरुले समाचार प्रकाशन गरिरहेका थिए ।

सार्वजनिक भिडियोमा चर्चित सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको मृतक पुडासैनीले आँखाभरी आँशु निकाल्दै भनेका छन् । उनले पटकपटक आफूलाई रवि लामिछानेको नाम उच्चारण गरेका छन् । उनले भिडियोमा भनेका छन्ः ‘रवी तिमी मेरो हत्यारा तिमी हौं, नेपालको कानुन अनुसार कारवाही होस् ।’ उनले भिडियोमा रुँदै भनेका छन्ः ‘अरुको प्रगति देख्न नसक्ने रवि, अकुत पैसाले तिम्लाई पोल्नेछ एकदिन ।’

उनले आफूलाई पटकपटक धम्की दिने गरेकाले बाध्य भएर न्यू २४ टिभी छोडेको उल्लेख गरेका छन् । उनले ‘न्यू २४ टिभी छोड्यो भने सकाई दिन्छौं’ भन्दै युवराज र रविले धम्की दिने गरेको उल्लेख गरेका छन् ।

उनले आत्महत्या गर्नुअघि निकै पीडा पोखेका छन् । आफूलाई अष्ट्रेलिया लैजाने भन्दै अस्मिता कार्कीसंग युवराज र रवीले नजिक बनाएको उल्लेख गरेका छन् । सोही अनुरुप कार्कीसंग नजिक हुँदै गएपछि आफूलाई फसाउने षड्यन्त्र गरेको पुडासैनीले उल्लेख गरेका छन् ।

भिडियोको अन्तिममा पुडासैनीले आत्महत्या गर्न बाध्य भएको भन्दै परिवारसंग माफी मागेका छन् । उनले श्रीमती सम्झनालाई अझै उमेर बाँकी रहेको भन्दै अरुसंगै बिहे गर्न सुझाएका छन् । उनले आफ्नो सबै सम्पति श्रीमतीलाई आफ्नो नाउमा राख्न भनेका छन् ।

पत्रकार पुडासैनी होटलमा झुण्डिएको अवस्थामा भेटिएपछि आफन्तले सुरुमा शव उठान मानेका थिएनन् । आफन्तले कसैले हत्या गरेको हुन सक्ने भन्दै शव उठाएका थिएनन् । पछि पुडासैनीको मोबाइलमा ‘सुसाइट भिडियो’ भेटिएपछि आफन्तले आत्महत्या नै भएको स्वीकार गर्दै शव बुझेर पोष्टमार्टका लागि काठमाडौं लगेका थिए । उनको शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>