धादिङ
धादिङ दुर्घटनाः चार जनाको अवस्था गम्भीर
०

धादिङ, साउन २८–
ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ ।
धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>