देश/प्रदेश

मन्त्री महासेठको दाबी: तीन वर्षमा पूर्व–पश्चिम रेल चल्छ

Banner

काठमाडौं, साउन २७-

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय रेलमार्ग निर्माणको काम पनि धमाधम भैरहेको बताएका छन् ।

रिपोटर्स क्लबले आज काठमाडौँमा गरेको साक्षात्कारमा मन्त्री महासेठले भने,‘  पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डीपीआर त सम्पन्न नै भइसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भइरहेको सुनाए । चितवन राष्ट्रिय निकुञ्जबाट नवलपुर हुँदै पश्चिम जाने रेल मार्ग निकुञ्जलाई छलेर भरतपुरबाट पश्चिम जाने गरी डीपीआर बनाइएको छ ।

मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’

मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेल पनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । उनले भने,‘भारत सरकारसँग भएको सम्झौतअनुसार ६० दिनभित्रै दुई वटा रेल (डेमो) रेल प्राप्त गर्छौं ।’ यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेस गरिएको पनि उनले सुनाए ।
उनले भने,‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९१५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं । जबकी यो सरकारभन्दा अघिका सरकारको पालामा एक वर्षमा १२५ किलोमिटरमात्रै हुन्थे । एक सयभन्दा बढी पुल निर्माण हुँदैन थिए, तर हामीले यो एक वर्षमा २४३ पुल बनाइ सकेका छौं ।’ उनका अनुसार अहिले एक हजार एक सय किलोमिटरको ग्राभेल सडक र ३१० किलोमिटरका माटे सडक पनि निर्माण भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>