चितवन विशेष

भरतपुर ७ मा काँग्रेसको रक्तदान, १२० जनाले गरे रक्तदान

Banner

चितवन, साउन २५–

नेपाली काँग्रेस भरतपुर महानगरपालिका–७ ले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ ।

कृष्णपुरमा आयोजित कार्यक्रममा ३१ महिलासहित १२० जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाली काँग्रेसले मानविय कार्य अन्तरगत अभियानकै रुपमा रक्तदान कार्यक्रमलाई अगाडि बढाइएको बताए । उनले चितवनमा रगतको अभाव भएकोले यो अभियान चलाएको बताए ।

काठमाण्डौंपछि सबैभन्दा बढी रगत खपत हुने जिल्ला चितवन भएको र त्यसमा पनि वडा नम्बर ७ मा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगतको माग धेरै भएका कारण पार्टीले अभियान नै सञ्चालन गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

प्रदेश सांसद मिलनबाबु श्रेष्ठले रक्तदान गरेर मानविय दायित्व निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा वडा नं.७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, नेपाल रेडक्रस कष्णपुर उपहाखाका सचिव कृष्ण ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस वडा नं.७ का सभापति काशीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>