चितवन विशेष
भरतपुरमा लाखौं मूल्यका २८ कार्टुन मदिरा चोरी, संलग्न व्यक्तिहरुको खोजी जारी (भिडियो सहित )

चितवन, साउन २५-
भरतपुर महनगरपालिका–१० रिजालचोकको मदिराको होलसेल लब लाइट इन्टरप्राइजेजबाट शुक्रबार राति लाखौं मूल्यका २८ कार्टुन मदिरा चोरी भएको छ ।
भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३६ को राजेन्द्र पौडेलले सञ्चालन गरेको सो होलसेलबाट विभिन्न नामका महंगा मदिरा र एउटा ल्यापटप गरेर पाँच लाख ८४ हजार ४४० रुपैयाँको सामान चोरी भएको प्रहरीले जनाएको छ । राति १० बजे पसल बन्द गरेर घरमा गएको अवस्थामा सो मूल्यको मदिरा चोरी भएको थियो । राति ४ः३० बजेमात्र प्रहरीले चोरी भएको बारेमा सञ्चालक पौडेललाई खबर गरेको थियो ।
पसलमा राखिएको सीसीक्यामराको फुटेजसहित पौडेलले आज प्रहरीलाई उजुरी दिएका हुन् । चोरिएको मदिराहरुमा रेड सिग्नेचर छ कार्टुन, ग्रिन सिग्नेचर पाँच कार्टुन, ओल्ड दरबार रेगुलर दुई कार्टुन, ओल्ड दरबार व्ल्याक एक कार्टुन, भर्जिन तीन कार्टुन, ८८४८ भोड्का चार कार्टुन, रुस्लान भोड्का तीन कार्टुन, डेल कम्पनीको ल्यापटप एउटा, गोल्डेन बक दुई कार्टुन, व्ल्यू रिभाइन जिन दुई कार्टुन रहेको छ । त्यस्तै पसलमा रहेको पाँच हजार नगद पनि उनीहरुले साथमा नै लगेका छन् । पसलमा राखिएको सीसी क्यामराले चोरी कार्यमा तीन जना युवाहरु संलग्न रहेको देखाएको छ । पछिल्लो समयमा भने उनीहरुले क्यामरा छोपेर चोरी गरेको देखिन्छ । प्रहरीले सीसी क्यामराको फुटेजसहित चोरी कार्यमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भिडियो ::